त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको बोलेरो गाडी

38

काठमाडौं । त्रिशुली नदीमा गाडी खसेको आशंकामा खोजी कार्य जारी थियो  । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै सडकबाट नदीमा गाडी खसेको आशंकामा गोताखोरको टोली परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन नम्बर पुल नजिक सडकबाट ८० मिटर तल त्रिशुली नदीको पानीभित्र गाडीको लाइट बलेको जस्तो देखिएको खबर प्रहरीमा आएको थियो । उक्त खोजी कार्यमा  त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन ।

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले मानिस भने फेला नपरेको बताए ।

गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट  १३ जनाको टोली परिचालन गरिएको थियो ।