कोन्ज्योसोमको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अर्थपूर्ण सहभागिता

38

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाएको छ । माघ ३ देखि ५ गतेसम्म तीनदिनसम्म चल्ने चौधौ जिल्ला स्रतीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गाउँपालिकाले सहभागिता जनाएको हो ।
बुधबारदेखि सुरु भएको कार्यक्रमको समुद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा र वडा नं. १ का वडाध्यक्ष सन्तमान लामाले कार्यक्रममा सहभागिता जनाउनु भएको छ । कार्यक्रममा गाउँपालिकाको तर्फबाट विद्यार्थीहरुले प्रतियोगितामा प्रभावकारी सहभागिता जनाएका छन् ।


कोन्ज्योसोम गाउँपालिकाले भने गत मंसिर २८ र २९ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको थियो ।