नयाँ दिल्ली । दिल्ली प्रहरीले रश्मिकाका डिपफेक भिडियो बनाउने व्यक्तिलाई पक्राउ गरेको बताएको छ । जानकारीका अनुसार आरोपी २३–२४ वर्षका पुरुष हुन् । नोभेम्बरमा रश्मिकाको मामिलामा प्रहरीले छानबिन सुरु गरेको थियो । रश्मिकाको भिडियो पछि आलिया भट्ट, काजोल, कट्रिना कैफ र पूर्व क्रिकेटर सचिन तेन्दुलकरसमेत कयौँ चर्चित हस्तीको डिपफेक भिडियो भाइरल भएको थियो ।
पैसा र फलोअरको लोभमा बनाइएको थियो भिडियो
प्रहरीका अनुसार रश्मिकाको डिपफेक मामिलामा ५०० भन्दा धेरै सामाजिक सञ्जाल एकाउन्टमाथि छानबिन गरेका थिए । कयौँ राज्यमा खोजबिनपछि ई नवीन नामक गरेका पुरुषलाई आन्ध्र प्रदेशको गुन्टुरबाट समातेका थिए । नवीन रश्मिकाका फ्यान थियो । उनले अभिनेत्रीलाई हानी पुर्याउन नभएर पैसा र फलोअरको लोभले भिडियो बनाएका थिए । आरोपीले चेन्नईबाट इलेक्ट्रोनिक्स तथा दूरसञ्चारमा बी टेक गरेका थिए । नवीनले रश्मिकाको साथसाथै साउथका अरू दुई सेलिब्रेटीको फ्यान पेज चलाउँछन् । मनिटाइजेशनमार्फत पैसा कमाउन र फलोअर बढाउन उनले युट्युबबाट एडिटिङ सिकेर डिपफेक बनाएका थिए । बलिउडका ठुला स्टारहरूले भिडियो ट्विट गरेर कारबाहीको माग गर्न थालेपछि डराएर नवीनले भिडियो र फ्यान पेज डिलिट गरिदिए ।