बागमती प्रदेश सरकारले मकवामकवानपुरगढीलाई विशेष रुपमा हेर्नु पर्छ : नेता बानियाँ

41

हेटौडा । बागमती प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले बागमती प्रदेश सरकारले मकवानपुरगढीलाई विशेष रुपमा हेरिनु पर्ने बताउनु भएको छ ।  नेता बानियाले मकवानपुरगढी दरवार क्षेत्रलाई अझ पर्यटकीय क्षेत्रको रुपमा बिशेष बिकास गरिनु पर्ने बताउनुभएको छ ।

आज मकवानपुरगढी गाउँपालिका वडा नम्बर  २ को आयोजनामा भएको  ऐतिहासिक मकवानपुरगढीको २६१ औँ विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता बानियाँले यस्तो बताउनु भएको हो ।  पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयाे । बागमति प्रदेशले बहुबर्षिय पक्रियामा जान बानियाँको सक्रियता र वडा अध्यक्ष्य पाख्रिनको पहलमा ९ करोड रुपैया मकवानपुर गढीलाई छुट्याएकोमा विविध कारणले ६ करोडको टेन्डरमा साडे ३ करोडको हाराहारीमा काम भैरको सभापति बानियाँले बताए ।

उहाँले गढीलाई गुरुयोजनानै बनाएर तीन तहकै सरकारको सहकार्यमा यसको वृद्धि विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पहिलो एकीकरण मकवानपुरबाट सुरु गरेको इतिहास रहेको बताउँदै त्यसबेला बाईसे चौबिसे राज्य मध्ये मकवानपुर एक छुट्टै राज्य रहेको बताउनुभयो ।

कार्यक्रमा वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको सभाध्यक्षतामा भएको थियो । साथै प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेशका पूर्व स्वास्थ्य मन्त्री नीमा लामा, गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मध्यपृतना हेटौँडाका उपरथि प्रदीप जंग केसी, गोरख बहादुर गणका गणपति प्रमुख सेनानी निरन्जन धामी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष वकीलराज बानियाँ मकवानपुरगढी गाउपालिका उपाध्यक्ष मानकुमारी पार्ख्रिन नेपालि , वडा अध्यक्षहरू लगाएतको उपस्थिति रहेको थियो ।