सिन्धुपालचोकबाट भगवत गीताको नि:शुल्क पुस्तक विरण अभियान सुरु

108

काठमाडौँ । श्री अरविन्द फाउन्डेसन नेपालले घर घरमा पुगेर श्रीमद्भागवत गीताको पुस्तक वितरण गर्ने कार्यलाई अभियानको रूपमा अगाडि बढाएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नंं ५ मेल चौरबाट सुरु भएको गीताको पुस्तक वितरण अभियानलाई क्रमिकरुपमा देशव्यापी बनाइने लक्ष्य राखिएको छ ।
“हुनेबाट लिने नहुनेलाई दिने भन्ने मूल अभियानका” साथ फाउन्डेसनले श्रीमद्भागवत गीताको पुस्तक देशव्यापीरुपमा नि शुक्ल वितरण गर्ने अभियान चलाइएको फाउन्डेसनका संस्थापक तथा धार्मिक अभियन्ता श्री अरविन्द शास्त्री महाराजले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “खाली पेटलाई पेटभरि खान दिने, नाङ्गालाई कपडा, उपचार नपाएकालाई प्राथमिक उपचारको सहयोग गर्ने उद्देश्य लिएर सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नं. ५ बाट पुस्तक वितरण अभियान सञ्चालन गरिएको हो ।” अहिलेसम्म करिब ३५० वटा गीताको पुस्तक वितरण भइसकेको यसै सातादेखि काभ्रेपलान्चोकबाट पुन गीताको पुस्तक वितरण कार्य अगाडि बढ्ने छ ।
पुस्तक वितरणका लागि विभिन्न क्षेत्रका विभिन्न व्यक्तिहरूले सकेको आर्थिक सहयोग गर्दै आउनु भएको छ । विभिन्न सङ्घ, संस्था र व्यक्तिले सनातन धर्ममाथि आँच पुग्ने गरी विभिन्न कार्य गर्न थालेपछि फाउन्डेसनले सनातन धर्मको रक्षाका लागि भागवत गीताको पुस्तक घर घरमा पुगेर वितरण गर्ने कार्य थालनी गरिएको हो ।