तातो पानीमा डुबी भक्तपुरमा एक बालकको मृत्यु

322

भक्तपुर । लुगा धुन उमालेको तातो पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने लक्ष्मी प्रसाद देउलाको छोरा ११ महिनाको लक्ष्मण देउला खाटमा सुतिरहेको अवस्थामा अचानक कपडा धुन १० लिटरको भाँडोमा तताएको पानीमा खसी डुब्न जाँदा अशक्त भई उपचारको लागि सिद्धी स्मृति अस्पताल भक्तपुर लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य गरिएको प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।