नागार्जनद्वारा सहिद तथा बेपत्ता परिवारको सम्मानको थालनी

27

काठमाडौँ । नागार्जुन नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा सहिद भएका तथा बेपत्ता परिवारको सम्मान गरेको छ । नगरपालिका वडा नं. १० स्थित् सालिक चोकमा मंगलबार आयोजित सहिद तथा बेत्तपा परिवार सम्मान कार्यक्रम आयोजना गरी नगरपालिका क्षेत्रभित्र भएका सहिद तथा बेपत्ता परिवारको सम्मान गरेको हो ।
नागार्जुन नगरपालिका क्षेत्रभित्र भएका एक जना सहिद परिवार र तीन जना बेपत्ता परिवालाई सम्मान गरेको हो । नगद २५ हजार रूपियाँ प्रदान गरी बेपत्ता तथा सहिद परिवारलाई सम्मान गरेको हो ।
नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले नागार्जुन नगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई सम्मान मात्र नभइ उहाँहरुको लागि स्वास्थ्थोपचार र परिवारका बालबालिकालाई शिक्षादिक्षा दिने कार्यमा समेत सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सहिदहरुको योगदानका कारणले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै उहाँले सहिद र बेपत्ता परिवारको नगरपालिकाले सधै उच्च सम्मान गर्ने स्पष्ट पार्नुभयो ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले सहिद तथा बेपत्ता परिवारको सम्मान गरी उहाँहरुको आत्मबल बढाउने काम स्थानीय सरकारको भएको बताउनुभयो । उहाँले सरकारले जत्तिसक्दो छिटो सङ्क्रमणकालिन न्यायलाई टुङ्गोमा पु¥याउनुपर्नेमा जोडि दिनुभयो
नगरपालिका उपप्रमुख सुशिला अधिकारीले सहिद तथा बेपत्ता परिवारको सम्मानका लागि सम्मानले मात्र नपुग्ने भन्दै आवश्यक अन्य नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । सरकारले छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुङ्गोमा पु¥याएर सहिद तथा बेपत्ता परिवारलाई न्याय दिन पनि सरकारलाई आग्रह गर्नुभयो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सहिद र बेपत्ता परिवारको जीवन यापानका लागि तीनै तहका सरकारले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।