कोन्ज्योसोममा छदिने क्षमता विकास तालिम सम्पन्न

36

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले शिक्षकहरुका लागि छ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
कोन्ज्योसोम गाउँपालिका र इसीइसी संस्थानको आयोजनामा संचालन भएको प्राथमिक तह कक्षा २ र ३ मा अध्यापन गराउने शिक्षकहरुको लागि छ दिने क्षमता विकास तालिमको सम्पन्न भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

बनस्पति प्रा.विमा भएको कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरेले समापन गर्दै छ दिने क्षमता विकास तालिमले शिक्षकहरुमा अध्ययापन गराउने नयाँ शिपको विकास भएको बताउनुभयो ।

उहाँले तालिममा सिकेका कुरा कक्षाकोठामा गएर व्यवहारमा कार्यान्वयन गर्न सबै शिक्षकहरुलाई आग्रह गर्दै आगामी दिनमा गाउँपालिकाले शिक्षकहरुलाई आवश्यक तालिम प्रदान गर्दै जाने नीति लिएको बताउनुभयो ।

प्रमुख अतिथिको आशसनबाट बोल्दै उपाध्यक्ष घिमिरेले गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य कार्य गरेको भन्दै गाउँपालिकाले बनाएको नीतिलाई कार्यान्वयन शिक्षकहरुबाट हुनुपर्नेमा जोड दिनुभयो ।