घले दम्पती अस्ट्रेलियाका १०१ औँ धनी

505

काठमाडौँ।  गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र उहाँकी श्रीमती जमुना गुरुङ अघिल्लोभन्दा चार स्थान माथि उक्लिदैं अष्ट्रेलियाको १०१औँ धनी व्यक्ति बन्नुभएको छ ।  अष्टे«लियाको फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको सन् २०१७ का दुई सय धनी व्यक्तिको सूचीमध्ये उहाँहरू ६४ करोड ७० लाख डलर (६५ अर्ब रुपियाँ)सहित सो स्थानमा उक्लिनुभएको हो ।  यसअघि उहाँहरू ५८ करोड ६० लाख डलरसहित १०५औँ स्थानमा हुनुहुन्थ्यो ।  अष्टे«लियाको मेलबर्नमा रहनुहुने घले दम्पतीले नेपालमा लामो समय दुःखका साथ जीवन व्यतित गरेको अष्टे«लियन रिभ्युले उल्लेख गरेको छ ।  सन् १९९० को दशकको मध्यतिर अष्टे«लिया बसाई सर्नुभएका घले दम्पतीको उच्च शिक्षा, घरजग्गामा लगानी रहेको छ ।  मेलबर्नमा उहाँहरूकै लगानीमा प्रसिद्ध मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालनमा छ ।  सन् २०१५ मा घले दम्पतीले मलेबर्नमै ४७० ओटा तथा २१० ओटा कोठासहितका दुईओटा टावर होटल निर्माण गर्ने अनुमति पाउनुभएको थियो ।  घले दम्पतीकै लगानीमा नेपालमा प्रसिद्ध सेराटन ब्राण्डको चेन होटल पनि निर्माणाधीन अवस्थामा छ ।