चाँगुनारायणमा कटन क्यान्डी विक्रीमा रोक

85

भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको छ ।  बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर विभागले परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको जनाएका कारण उक्त अखाध्य बस्तु विक्रीमा नगरले.रोक लगाएको छ  ।

एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमुना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’पाइएको भन्दै नगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।

नगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्री वितरण नगर्न अनुरोध गर्दै सूचना प्रकाशित गरेको छ  ।  यदि कसैले विक्री वितरण गरेको पाएमा कारबाही गरिने समेत जनाएको छ ।