अभद्र मुद्दामा वैद्य माओवादीका जिल्ला संयोजक गुरुङ पक्राउ

30

बागलुङ । बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय केसीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् । शाखा प्रमुख केसीलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङका जिल्ला संयोजक पूर्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङलाई प्रहरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।  गुरुङलाई बुधबार ताराखोला गाउँपालिका वडा नम्बर १ को भुस्काटबाट नियन्त्रणमा लिएको थियो ।