अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका कर्मचारीले बलात्कार

62

चितवन । नवलपुरको देवचुलीमा रहेको जनज्योती आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेको खुलेको छ ।

सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बलात्कारको जाहेरी परेपछि आजै प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो । बलिकामा सुनाइ सम्बन्धि अपाङ्गता भएको कारण उनी कान सुन्दिनन् ।

जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलका अनुसार बालिकाकी बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरि आजै अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको छ ।