भक्तपुरमा पत्रकार किसी, थापामगर र भट्टराई सम्मानित

कल्पना स्मृति पुरस्कारबाट खड्का सम्मानित

143

भक्तपुर । पत्रकार कृष्ण किसीसहित गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर सम्मानित भएका छन्।

रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको मंगलबार भक्तपुरमा भएको १४औं वार्षिकोत्सवको अवसरमा उहाँहरूलाई नगद सहित सम्मान गरेको हो ।

यस्तै उक्त कार्यक्रममा कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा. रविन खड्कालाई पनि सम्मान गरिएको छ।