फ्राइडे रिलिज : दयाहाङका दयारानी र हात्तीछाप प्रदर्शनमा

34

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् । हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, बुद्धि तामाङलगायत कलाकार छन् । यसलाइ सिमोस सुनुवारले निर्देशन गरेका हुन ।

चलचित्र हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ र सिंगल थिएटरमा पनि चलचित्रले राम्रै शोज पाएको छ ।

दयारानी’मा दयाहाङ, दीया पुन, विजय बराल, पुस्कर गुरुङलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन ।

‘दयारानी’मा पनि दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकार पनि मुख्य भूमिकामा छन् । यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो । चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ र सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ ।