नगरकोटको लामाटोलमा झ्याङ्गछुप छ्योर्तेन (स्तुपा) उद्घाटन

117

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६, नगरकोटको लामाटोलमा झ्याङ्गछुप छ्योर्तेन (स्तुपा) उद्घाटन भएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा लामा टोलमा निर्मित स्तुपाको उद्घाटन गरिएको हो ।

उर्गेन साङ्गे छ्‌योइलिङ्ग गुम्बाका प्रमुख लामा लोपेन कर्म दोर्जे दोङले सो स्तुपाको उद्घाटन गरे । स्थानीयको सक्रियतामा चन्दा संकलन गरी करिब एक वर्ष लगाएर निर्माण गरेको सो स्तुपा उद्घाटन विशेष पूजापाठ गरि गरिएको थियो ।

प्रकृतिका सबै प्राणीलाई शान्ति मिलोस भन्ने उद्देश्यले लामापाठ गरिएको झ्याङ्गछुप छोर्तेन निर्माण समिति अध्यक्ष हरिबहादुर लामाले बताए । नगरकोटको पर्यटनमा तामाङ समुदायको महत्वपूर्ण भूमिका भएकोले पर्यटन विकासमा यसले अझ टेवा पुग्ने वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले बताए ।

स्तुपाको निर्माण कार्य तथा प्राण प्रतिष्ठा कार्यक्रमको सफल्ताको शुभकामना दिदै बागमती प्रदेस सभा सदस्य सुरेश श्रेष्ठले सबै समुदायले ल्होसारको नजिकबाट अवलोकन गरेको बताए । कार्यक्रममा स्तुपा बनाउन आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।