कालिकोटको पलाँता गाउँपालिकाले दियो ’जनयुद्ध दिवस’ मा बिदा

46

कालिकोट । कालिकोट जिल्लाको पालाँता गाउँपालिकाले ’जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शनिवार गाउँ कार्यपालिका बैठकले फागुन १ गते ’जनयुद्ध दिवस’ को अवसरमा बिदा दिने निर्णय गरेको छ।

सर्वेच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसमा बिदा नदिने आदेश दिएको थियो । सम्मानित आदालतको आदेश बिपरित पलाँता गाउँपालिका मातहत सरकारी कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ’जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो।
शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो। यस अघी रोल्पाको माडी गाउँपालिकाले बिदागर्ने निर्णय गरेको थियो ।