आज श्रीपञ्चमी सुडालको सरस्वती मन्दिरमा भव्य मेला लाग्ने

80

सुडाल । चाँगुनारायण नगरपालिका वडा नं. ८, सरस्वती मन्दिरमा श्री पञ्चमीको अवसरमा आज मेला लाग्ने गर्दछ ।

काठमाडौं उपत्यका सहित छिमेकी जिल्लाका भक्तजनहरु दर्शनका लागि आउने गर्दछन् ।

बालबालिकाहरुलाई अक्षर प्रारम्भ गराउन देखि अन्य कक्षाहरुको पनि पढाई राम्रो होस् भनेर आउने देखि धार्मिक एवं ऐतिहासिक पृष्ठभूमिका कारण पनि सरस्वती, महामञ्जुश्रीको मन्दिर दर्शन गर्ने चलन छ ।