भक्तपुर । आर्युवेदलाई पर्यटन सँग जोड्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा प्रदेश भित्र सञ्चालित होमस्टे होटेल तथा रिपोर्टका सञ्चालकहरूलाई योग तथा पुर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरूले
योग र ध्यान गराउने ठाउँ भनेको नै होमस्टे मा नै हो । नेपाली हावापानी अनुसार तनावबाट मुक्त गराउन होमस्टेहरूले आयुर्वेद योग ध्यान दिन सके पर्यटनको राम्रो विकास हुने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले हामीले आजका दिनमा आर्युवेदलाई आफैले विश्वास गर्न नसक्दा यसको विकासमा ठुलो धक्का परेको बताउनुभयो । आयुर्वेद तथा योगलाई पर्यटन सँग जोड्न सके नेपाल जस्तो विविधता भएको स्थानमा पर्यटन विकासमा योग ध्यान तथा पुर्वकर्मले ठुलो योगदान दिन सक्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति ईश्वर थापाले योग ध्यान तथा पुर्वकर्मका सम्बन्धमा होमस्टे सञ्चालकहरूले पर्यटकलाई सेवा दिन सके होमस्टेको विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले होमस्टे भनेको नै थकान मेटाउन तथा तनाव मुक्त हुन आउने स्थान हो जसमा हामीले तनाव कम गर्न विभिन्न योग तथा पुर्वकर्मका सम्बन्धमा ज्ञान समेत दिन सके आयुर्वेदलाई पर्यटन सँग जोड्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजु अधिकारीले होमस्टे सञ्चालकहरूलाई योग तथा पुर्वकर्म साथै पर्यटनमा कसरी आयुर्वेदलाई जोड्न सकिन्छ भनेर यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा भक्तपुर जिल्लाका विभिन्न होमस्टे तथा होटेल सञ्चालकहरूको उपस्थिति रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नरेन्द्र गिरीले जानकारी दिनुभयो ।