विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ लैजान आवश्यक : सुरेश श्रेष्ठ 

52

भक्तपुर । विद्यालयले किताबी ज्ञान मात्र नभएर अबको दिनमा व्यवहारिक ज्ञान पनि दिन आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।

नवीन इङ्लिस स्कुलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यार्थीलाई व्यवहारिक ज्ञानको आवश्यकता भएको बताउनुभएको हो ।

अहिले विद्यार्थीलाई छर छिमेक स्टमित्र साथी भाइ बा आमा भन्दा प्यारो मोबाइल ल्यापटप ट्याव अनि टिभी र इन्टरनेट भएको छ जसको लतले उनीहरूमा व्यवहारिकतामा कमी आएको छ ।

बा आमाले भन्दा शिक्षकहरूले भनेका कुरा विद्यार्थीले मान्ने गर्छन् अव शिक्षकहरूले नै विद्यालय स्तरबाट नै विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन आवश्यक भएको उहाँले बताउनुभयो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीले विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष सिजन कार्की लगायतका महानुभावको उपस्थिति रहेको थियो ।