नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे, मन्त्रीमा धर्मराज कार्की

106

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे विजयी हुनुभएको छ ।

जिल्लाको २९ औँ जिल्ला अधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।

यस्तै उपसभापतिमा राकेश थापा र लक्ष्मी अवाल, मन्त्रीमा धर्मराज कार्की, कोषाध्यक्षमा प्रदीप के.सी, उप मन्त्रीमा तुईलाल श्रेष्ठ,उपकोषाध्यक्षमा सूर्य बहादुर खाईतु महिला सदस्यहरूमा सङ्गीता थापा, सुभद्रा काफ्ले र सचिला खड्का यस्तै सदस्यहरूमा ऋषि खड्का, रामकुमार बस्नेत ,यज्ञविक्रम थापा, नारायणभक्त खायमली, जनक प्रसाद न्यौपाने, तुल्सी नारायण दण्डेख्या र सोम प्रसाद प्रधान रहनुभएको छ ।

फागुन ७ गते भक्तपुरमा भएको अधिवेशनबाट उहाँहरू विजयी हुनुभएको हो ।