भक्तपुरमा करेन्ट लागेर गणेशमानको मृत्यु

150

भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ कालिघाटमा खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६६ वर्षिय गणेशमान गोरेको मृत्यु भएको हो ।
विद्युतिय मेसिन प्रयोग गरी खोलाबाट पानी तानेर खेतमा लैजाने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका गोरेलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिनुभयो । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको पाठकले बताउनुभयो ।