गुडविल कन्सल्टको १८ औं वार्षिकोत्सव सम्पन्न

सेवामा अझ प्रतिवद्दता व्यक्त

85

काठमाडौँ । गुडविल कन्सल्टले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ ।

शैक्षिक भिसा, पार्टनर भिसा, भिजिट भिसा, पारिवारिक भिसाका साथ साथै नेपालबाटै स्किल्ड माईग्रेशन भिसाको भिसा आवेदन तथा डकुमेन्टेशन सेवाका लागि विसं २०६२ सालको फागुन ९ गतेका दिनबाट आधिकारिक रुपमा दर्ता भई संचालनमा रहेको गुडविलले आफ्नो १८ वसन्त पार गरि १९ वर्षमा प्रवेस गरेको हो ।

विदेश जान इच्छुक ब्यक्तिहरुलाई सेवा प्रदान गर्दै आएको गुडविल कन्सल्टले व्यवसाय भन्नदा सेवामा विश्वास गर्दै आएको छ ।

विविध भिषामा विदेश जाने सपना बुनेकाहरुको सपना साकार गर्ने कामको यति लामो समय पार गर्न सफल हुनुमा गुडविलको पेशागत इमानदारीता, ट्रान्सपरेन्सी, सहि सुझाव तथा निर्देशनसँगै योग्य भिसा आवेदक चयन गर्ने क्षमता भएको संस्थाले बताएको छ।

संस्थाका अनुसार आवेदकले आफु जान चाहेको देशको भिसा प्रक्रियाबारे स्वयंले राम्ररी बुझेर आफू योग्य ब्यक्त भए मात्र भिसा प्रक्रिया अगाडि बढाउन सुझाउने कुरा बताएको छ ।

पुतलीसडक जस्तो कन्सल्टेन्सीको भीडभाड भएको स्थान भन्दा टाढा कुमारीहल नजिक धोबिधारा मार्गमा बसेर आफ्नो सफलतम १८ वर्ष पुरा गर्नुमा गुणस्तरीय सेवा दिने गुडविलको अठोट र कडा मिहिनेत भएको संस्थाका प्रबन्ध निर्देशक प्रविण शाहीले बताउनुभयो ।

सोहि अवसरमा लामो समयको यात्रामा संस्थालाई विश्वास गर्ने भिसा आवेदक, शुभेच्छुक, शुभचिन्तक लगायत सबैमा आभार व्यक्त गरेको उहाँले बताउनुभयो ।

गुडविलले आफ्नो वार्षिकोत्सवमा संस्थालाई विभिन्न तवरबाट सहयोग गर्नेहरूलाई उपहारबाट सम्मान गरेको थियो ।