दुवाकोट स्वास्थ्य शिबिरमा ४६३ जनाको स्वास्थ्य परिक्षण

49

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट स्वास्थ्य चौकीमा भएको नि:शुल्क स्वास्थ्य शिबिरमा ४६३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।

शिबिरमा ७८ जनाको भिडियो एक्स रे गरिएको थियो भने ईसिजि ३२ जनाको,दाँत २७ जनाको खोलेको, र ८७ जनाको प्रयोगशाला परिक्षण गरिएको थियो।

अप्रेशन गर्नु पर्ने बिरामीहरूलाई काठमाण्डौ मेडिकल कलेज सिनामंगल रिफर गरिएको छ। रिफर गरिएको बिरामीहरूलाई ५०५ छुटमा अप्रेशन गर्ने काठमाण्डौ मेडिकल कलेजका प्रतिनिधि बिक्रम श्रेष्ठले जानकारी दिए।

डाक्टर बिक्रम श्रेष्ठको नेतृत्वमा काठमाण्डौ मेडिकल कलेजका २७ जना स्वास्थ्यकर्मीहरूले सेवा पुरयाएका थिए। शिबिरमा काठमाण्डौ कलेजको प्राबिधिक सहयोग रहेको थियो।

शिबिर आयोजना रेडक्रस सोसाईटि दुवाकोट उपशाखा लगाएत स्थानीय संघसंस्थाले गरेका थिए। शिबिरमा निस्शुल्क औषधि बितरण गरिएको थियो।