मुख्यमन्त्रीका कारण वर्तमान व्यवस्थाको अन्त्य हुने अवस्था आयो : उद्धव थापा

37

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका कारण वर्तमान व्यवस्थाको अन्त्य हुने अवस्था आएको बताएका छन् । मुख्यमन्त्रीका कारण नागरिकहरुमा वर्तमान व्यवस्थाप्रति वितृष्ण बढिरहेको उनले बताए ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थापाले सरकारले संसद्लाई उपेक्षा गरिरहेको र संसदमाथि सरकार हाबी भएको टिप्पणी गरे । नागरिकहरुको नैरास्यता बढ्दो क्रममा रहेको उनले बताए । सरकार र सरकारमा रहेका मन्त्रीहरुले काम गर्न सकेको अवस्था नहरहेको उनको भनाई छ । उनले देश आर्थिक रुपमा तहशनहस हुने अवस्थामा पुगेको बताए । सरकारले किसानहरुलाई पलायन हुने अवस्थामा पुर्याउन खोजेको उनले बताए । सरकारले पंखा घुमाएजस्तै प्रतिपक्षलाई घुमाएको उनले बताए ।

‘आर्थिक संकटको असर लघुवित्तबाट सुरु भए । बिस्तारै बैंकहरुमा प्रवेश गरेको छ । भ्रष्टाचारको जालोले जरो गाडेर बसको छ । सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन । सरकारले बजेट विनियोजनमा विभेद गरेको छ । संसदबाट बजेट विनियोजनमा विभेद भयो भन्न नपाउने । सरकारले संविधान कार्यान्वयनमा संसदीय समिति बनाएर अघि बढ्नु पर्ने हो,’ उनले भने ।