टोखा नगरपालिकाको अनुकरणीय काम कपडा बैंकको शुभारम्भ

73

काठमाडौँ । टोखा नगरपालिकामा कपडा बैंकको शुभारम्भ गरिएको छ । शुक्रबार बिहान एक औपचारिक कार्यक्रम गरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र कलाकार राजेश हमालले संयुक्त रुपमा कपडा बैंकको शुभारम्भ गर्नुभएको हो ।
क्लोथ एन्ड फुड बैंक नामक गैरसरकारी संस्थाको आव्हान र टोखा नगरपालिकको विषेश आर्थिक सहयोगमा पुरानो कपडा पुनः प्रयोग गर्ने उद्देश्यले कपडा बैंक सञ्चालन गरिएको हो ।
‘आवश्यक पर्ने हामी सबैका लागी भन्ने’ सन्देश प्रवाहका साथ कार्यक्रम सुभारम्भ गरिएको टोखा नगरपालिकाले जनाएको छ । टोखाको सोभिनियर बोडिङ स्कुल अगाडी राखिएको बाकसमा पुनः प्रयोग गर्न सकिने कपडा, जुत्ता तथा झोलाहरु संकलन कार्यको शुक्रबार नै प्रमुख प्रकाश अधिकारीले सुभारम्भ गर्नुभयो ।
कार्यक्रमा टोखा प्रमुख प्रशासयिक अधिकृत शेरबहादुर बिसीले काठमाडौं उपत्यकामा नै टोखा नगरपालिकाले पहिलोपटक प्रयोग नभएका कपडलाई रिसाइक्लीन गरेर आवश्यक परेको स्थानमा वितरण गर्ने पवित्र कार्यको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले प्रयोग नभएका कपडाहरुलाई रिसाइक्लीन गरेर आवश्यक परेको ठाउँमा वितरण गर्ने अवसर जुटाइदिएकोमा क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसीप्रति लगायतलाई विशेष धन्यवाद प्रदान गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, कलाकार राजेश हमालले सम्बोधन गर्नुभएको थियोे । वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु र कर्मचारीहरुको बाक्लो सहभागिता व्यापक सहभागिता रहेको थियो ।