भक्तपुर । साविक विजेता वडा नं। ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं। ९ ले वडा नं। २ लाई ३–० ले पराजित उपाधी रक्षा गरेको हो ।
लगातार सातौं खेलमा जित हासिल गरेको वडा नं. ९ को २१ अंक भएको छ । दोस्रो स्थानको वडा नं। ५ को ७ खेलबाट १६ अंक रहेको छ । वडा नं. ५ ले अन्तिम खेलमा जित हासिल गरेपनि वडा नं। ९ लाई उछिन्न नसक्ने भएकोले वडा नं. ९ ले अन्तिम खेल अगावै उपाधी रक्षा गर्न सफल भएको हो ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानो थिमिस्थित एशोसियसनको खेल मैदानमा भइरहेको लिगको ३२ औं खेलमा वडा नं। ९ लाई जितका साथ उपाधी जिताउन यमन राजबहाकले ह्याट्रिक गरे ।
उनले खेलको १८ औं मिनेटमा वडा नं। २ का गोलकिपरले गरेको गल्तीको फाइदा उठाउँदैं पहिलो गोल गरे । पहिलो हापमा १ गोलको अग्रता बनाएको वडा नं। ९ दोस्रो हापमा थप २ गोल गर्दै जित पक्का गर्नुका साथै उपाधी समेत पक्का गरे ।
यमनले खेलको ८२ औं मिनेटमा दोस्रो गोल गरे । यमले रोनिस धेकेको पासमा व्यक्तिगत र टिमको लागि दोस्रो गोल गरेका हुन । खेलको ९० औं मिनेटमा यमनले ह्याट्रिक पुरा गरे । उनले मनिष राजबहाकको पासमा तेस्रो गोल गर्दै जित पक्का गरे । खेलमा यमन म्यान अफ दि म्याच घोषित भए ।
खेलमा पराजित वडा नं। २ लिगको ११ औं स्थानमा रहेको छ । लिगको तेस्रो स्थानमा वडा नं। ३ रहेको छ । वडा नं। ९ ले अन्तिम खेल वडा नं। १ सँग फागुन २४ गते लिगकै अन्तिम खेलको रुपमा खेल्नेछ ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापना गर्न लायन्स क्ल्व , मध्यपुर थिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच सम्झौता सम्पन्न ।