काठमाडौँ । टोखा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई योगको माध्यमबाट खुसी रहने योग शिबिर सञ्चालन गरेको छ । नगरपालिकामा कामको चापले तनाब बढ्दै जाने तनाब न्यूनिकरण गर्नका लागि खुसी रहने एक दिने तालिम योग शिबिर सञ्चालन गरेको टोखा नगरपालिकाले जनाएको छ ।
ध्यान शिबिरमा सहभागि सबैले “हासौँ हासौं भो मलाई फेरी अर्को जीवन बाँचु बाँचु भो” भन्ने बोलको गीतमा सहभागि सबैले अन्तर आत्मादेखि नै चाच्ने र गाउँनु भएको थियो ।
योग ध्यान शिबिरमा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ध्यानले व्यक्तिलाई अन्तरआत्मादेखि नै जोश र जाँगर बढेर गएको बताउनुभयो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुरले बिसीले योग शिबिरले शरीर मनमा आत्मादेखि नयाँ उर्जा बढेर आएको बताउनुभयो । तालिममा सिकिएको योग तथा ध्यान सबैले घर घरम विहान गर्न समेत नगरपालिकाले सबै कर्मचारी र जननप्रतिनिधिलाई आग्रह गरिएको छ ।