भक्तपुरमा `अवैध´ रूपमा गरिएको प्लटिङकाे ढिस्काेले पुरिएर एककाे मृत्युु

317

भक्तपुर । भक्तपुरमा `अवैध´ रूपमा गरिएको प्लटिङकाे ढिस्काेले पुरिएर एककाे मृत्युु भएको छ ।
भक्तपुरको ताथलीकाे हलाल गाउँस्थित ताथली ईकाे भिलेजमुनि गरिएको प्लटिङकाे माटाेले पुरिएर एकको मृत्यु भएकाे जगाति प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मकवानपुरकाे भीमफेदी गाउँपालिकाका १६ वर्षका विकेश स्याङताङ रहेकाे प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा अचेत रहेका स्याङताङलाई भक्तपुरको ख्वप अस्पताल ल्याइएकाे र अस्पतालका चिकित्सकले उनलाई मृत घाेषणा गरेकाे बताए ।
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीका वडा अध्यक्ष गणेश त्यातले साे ठाउँमा स्वीकृति नलिई केही दिनअघि राती डाेजर चलाएर सम्याइएकाे जग्गामा पर्खाल ( वाल ) लगाउन खनेकाे खाल्डाेमा दुई कामदार पुरिएको जानकारी आएकाे बताए ।

ताथलीकाे हलालगाउँ ।

वडा सदस्य विद्यापति थापाले वडाकाे स्वीकृति नलिइकन चलाइएकाे डाेजरले जग्गामा खाल्डाे खन्ने क्रममा दिउँसो १२ बजेतिर पुरिएको जानकारी आएकाे बताए । वाल लगाउन भनी खजेकाे खाल्डाेमा दुई कामदार पुरिएको र उनीहरूकाे स्थानीयकाे सहयाेगमा उद्दार गरिएकाे स्थानीयले बताए ।
जग्गा प्लटिङकर्ता काे हुन् भनी प्रहरीले खुलाएकाे छैन ।
यसअघि पनि ताथलीमै जग्गा प्लटिङ गर्ने क्रममा एक व्यक्ति पुरिएका थिए । उनकाे पनि घटनास्थलमै मृत्यु भएकाे थियाे ।भक्तपुर टाइम्सबाट