राशीफल

465
१५ जेठ २०७४, सोमवार ,चतुर्थी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौतीको सामना गर्नुपर्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सोचेका काम बिस्तारै सफल हुनेछन । पढाइ लेखाइमा प्रगति हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बौद्धिक काममा सफलता मिल्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तानले प्रसन्नता दिलाउनेछन । साझेदारी काममा झमेला आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । नयाँ रोजगारीको अवसर आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिग्रिएको सम्बन्धलाइ सुधार्ने मौका मिल्नेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । पढाई लेखाइमा सन्तोषजनक सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विभिन्न उपहार प्राप्त हुनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ सवारी साधन किन्ने अवसर मिल्नेछ । व्यवसायमा आम्दानी बढ्ने र फाइदा मिल्नेछ । दाम्पत्य जीबनमा खटपट आउने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ । समाजमा बोलीको कदर हुनेछ । सोचेको भन्दा खर्च बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बिश्वास गरेकाले धोका दिन सक्छन, सचेत रहनुहोला । पारिवारिक सद्भाव बढ्नेछ । पुराना समस्याबाट छुटकारा मिल्ने देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारको सहयोग लिँदा राम्रो हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा मिल्नेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयासहरु सकारात्मक रहनेछन । नयाँ काममा हात हाल्न केही समय पर्खनुपर्नेछ । घरायसी काममा विवाद बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रियजनको सहयोगमा महत्त्वपूर्ण कामको थालनी हुनेछ । सहयोगीहरूले साथ दिनेछन र काममा सोचेजस्तै सफलता मिल्नेछ ।