भक्तपुरमा श्रम अदालत आउँदै

276

भक्तपुर । भक्तपुरमा श्रम अदालत आउने भएको छ । भक्तपुर जिल्ला अदालत सरेपछि खाली रहेको भक्तपुर दरवार स्क्वायर सँगैको भवनमा श्रम अदालत आउने भएको हो ।
भक्तपुर जिल्ला अदालतको पुरानो भवनमा श्रम अदालतले आफ्नो बोर्ड भने राखी सकेको छ । श्रम अदालतले कहिले देखि आफ्नो कामको थालनी गर्ने भन्ने विषयमा भने कोही पनि जानकार नभएको श्रेतले जनाएको छ ।