जनमत साहित्यिक मासिकको वार्षिकोत्सवमा १५ श्रष्टा सम्मानित

34

काभ्रे ।
जनमत साहित्यिक मासिकको ४०औ वार्षिकोत्सवका अवसरमा जनमत वाङमय प्रतिष्ठानले विभिन्न १५ स्रष्टालाई २०७९ सालको सम्मान प्रदान गरेको छ ।
कार्यक्रमका वरिष्ठ कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले सम्मानीत श्रष्टाहरुलाई सम्मान–पत्र, दोसल्ला र नगदसहित प्रदान गरे ।
यसैगरि दीपा–जनमत सम्मानबाट समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ), गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मानबाट लेखक प्रमोद प्रधान (मोरङ), हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मानबाट प्रा.डा. अभि सुवेदी (तेह्रथुम), जनमत–जनक प्रधान सेवा सम्मानबाट पत्रकार राजेश खनाल (महोत्तरी) लाई सम्मानित गरियो ।
यसैगरी केवलपुरे–जनमत सम्मान नर्मदेश्वरी सत्याल (संखुवासभा), कमला सैंजू–जनमत सम्मान लक्ष्मी माली (काठमाडौं), जनमत–महेन्द्रलाल कलाकार सम्मान रविन्द्र श्रेष्ठ (भक्तपुर), जनमत–राजभाई सहयात्री सम्मान बाबुराम श्रेष्ठ ’वर्षा’ (मोरङ), भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति (काठमाडौं), जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान गङगादेवी कसजु (बाग्लुङ) लाई प्रदान गरियो ।


जनमत–सिचि धर्म-संस्कृति सम्मान रामकृष्ण कर्माचार्य (ललितपुर), जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान महेश पौड्याल (झापा), जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान बालरोग विशेषज्ञ प्रा. डा. सृजना श्रेष्ठ (काठमाडौ), जनमत–ज्ञानरत्न ÷ मंगलतारा राष्ट्रिय सम्मान दिनेश गुप्ता (पर्सा) र जनमत–पूर्णमान÷लुचि समाजसेवा सम्मान रामराजा धौभडेल (काभ्रे) लाई प्रदान गरियो ।
प्रतिष्ठानले यसअघि विभिन्न क्षेत्रका २ सय १९ स्रष्टालाई सम्मान गरिसकिएको जनमत बाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालले बताए ।
जनमत प्रकाशनमार्फत प्रकाशित हुँदै आएको जनमत साहित्यिक मासिकको २०४५ सालयता ३ सय १८ अंक प्रकाशित भइसकेको बताउँदै अध्यक्ष दुवालले अक्षरकर्मी र साहित्यिक संस्था चिनाउने अभियानमा प्रतिष्ठान लागिरहेको बताए ।
कार्यक्रममा जनमत प्रकाशनबाट २०८० सालमा प्रकाशित लोकेन्द्रबहादुर चन्दद्धारा लिखित एकांकी ‘नेताका साथी’, मोहन दुवालको ‘आलोचना र परिचय’ (दोस्रो संस्करण), सिद्धिबहादुर कर्माचार्यको नाटक ‘किरणको वेदना’, शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ को तेस्रो संस्करण र मोहन दुवालको सम्पादकत्वमा प्रकाशित जनमत : जानकारी पुस्तक सार्वजनिक गरिएका थियो ।
कार्यक्रममा सम्मानित प्रतिभाहरुले कविता तथा विभिन्न रचना वाचन गरेका थिए भने सम्मानित प्रतिभा र अतिथि वक्ताहरुले नेपाली साहित्यककको क्षेत्रमा जनमतले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।