दुबर्इमा एक नेपाली महिलाको हत्या, हत्या आरोपमा नेपाली पक्राउ

560

युएर्इ । दुबर्इमा एक नेपाली महिलाको हत्या भएको छ । भारतिय नागरिकको घरमा काम गर्दै आएकी २० वर्षीया सिन्धुपाल्चोक पाँचपोखरी थाङचाल–३ की रीता वाइवाको गत हप्ता हत्या भएको हो ।

उक्त हत्या आरोपमा सिन्धुपाल्चोक पाँचपोखरी–३ का बुले तामाङ पक्राउ परेका छन् । हत्यापछि वाइवाको शव बुले तामाङ कार्यरत घरको पछाडी अलबर्षा नजिकै रहेको एमिरेट्स हिल्समा भेटिएको थियो ।

घटनामा ती व्यक्तिको संलग्नता भएको प्रष्ट प्रमाण नभेटिए पनि हत्या गरिएकी महिला तामाङ कार्यरत घरमा ट्याक्सी चढेर गएको सिसिटीभी फुटेजमा देखिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पक्राउ परेका तामाङका एक छोरी र श्रीमती भारतको दिल्लीमा बस्दै आएका छन् । उक्त घटना समन्धी कुनै पनि जानकारी नआएको राजदुताबास आबुधाबीले जनाएको छ ।