१५ वर्ष देखि सम्पर्क विहीन तारा बहादुर कामीको खोजीका छोरी 

256
भक्तपुर । विगत १५ वर्ष देखि सम्पर्क विहीन भएका तार बहादुर कामीको खोजीमा उनको छोरी निक्लेकी छन् । १५ वर्ष अगाडी मलेसियामा कामको खोजीमा जानुभएका तारा बहादुर नेपाल फर्केपछि पनि परिवारको सम्पर्कमा नआएपछि उहाँका छोरी जुनेली विक खोजीमा निक्लेकी हुन् ।
लामो समय देखि परिवारको सम्पर्कमा नआउनुभएका ताराबहादुर काठमाडौँमा नै देखिनुभएको गाउँका केही मानिसले भने पछि छोरी आफै खोजीमा निक्लनुभएको हो ।
बुबा मलेसिया जानुभएको. एक वर्ष सम्म सम्पर्कमा रहनुभएको थियो पछि उहाँ सम्पर्कमा पनि आउनुभएन र पछि नेपाल फर्कनु भएछ गाउँका एक जनाले उहाँलाई काठमाडौँमा नै देख्नु भएको रहेछ । किन घर जानु हुन्न भनेर सोधी खोजी गरेपछि सधैँ जसो हिँड्ने बाटो उहाँले हिँड्न छोडेको भन्ने सन्यौं पछि दाजु भाइले उहाँको खोजीका लागि काठमाडौँको गल्ली गल्ली पनि धाउनुभयो तर उहाँ कतै फेला पर्नुभएन ।
दुई छोरा दुई छोरी र श्रीमती घरमा नै छोडेर कामको सिलसिलामा मलेसिया जानु भएका बुबा अझै सम्म पनि घर नफर्कनुभएपछि परिवारका सदस्यहरूलाई उहाँको चिन्ता हुन थालेको छ ।
सामान्य लेखपढ मात्र जानेकी आमा साना साना केटाकेटी छोडेर विदेश निक्लनुभएका बाबुको खोजी कसैबाट पनि नभएको छोरी जुनेली विकको गुनासो रहेको थियो । पहिला पनि कामको सिलसिलामा भारत जाने गर्नुभएका बुबा २०६५ सालमा भने मलेसिया जान्छु भनेर पासपोर्ट बनाएर नै जानुभएको थियो ।
यदि कसैले उहाँलाई देख्नुभएको भए पनि सम्पर्क गरिदिन आग्रह जुनेली विकले गर्नुभयो ।
मेरो बुबालाई कसैले देख्नुभएको भए ९७६१६६५७४२