वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गराउँदै कोन्ज्योसोम

25

काठमाडौँ ।
कोन्ज्योसोम गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गर्न तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापनका बारेमा पनि स्थानीय नागरिकलाई सचेतना अभिवृद्धि समेत गरेको छ ।
वन , वातावरण तथा विपद् व्यवस्थापनका समितिका अध्यक्ष तथा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष रोहन घलान लामाको अध्यक्षता भएको बुधबा तालिम कार्यक्रम अयोजना गरिएको हो ।
अवसरमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्य वन उपभोक्ता समितिका पदाधिकारीहरु, कर्मचारी लगायतको सहभागिता रहेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।