तरुण दलको भवन निर्माणका लागि थापाको ४ लाख सहयोग

52

भक्तपुर, 
नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले तरुण दलको भवन निर्माणका लागि ४ लाख रुपैंया सहयोग गर्नुभएको छ । दलको निर्णय अनुसार थापाले सो सहयोग गर्नुभएको हो ।
तरुण दलको गत चैत्र १५ र १६ गते बसेको बैठकले केन्द्रीय समिति बैठकले भवन निर्माण गर्ने र सो को लागि केन्द्रीय सदस्यहरुसँग आर्थिक सहयोग लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार थापाले ४ लाख सहयोग गरेको बताउनुभयो ।
उहाँले दलको आफ्नै भवन निर्माणपछि संगठन बिस्तारमा सशक्त भूमिका खेल्दै तरुण र युवाहरुलाई कांग्रेसमा आकर्षित गरेर मुलुकको सशक्त पार्टी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रवि भवनमा तरुण दलले केन्द्रीय कार्यालयको भवन निर्माण गर्न लागेको बताउँदैं त्यसका लागि ३ करोड रुपैंया लाग्ने जानकारी दिनुभयो ।