काठमाडौं । मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगीतामा सहभागी खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ ।
ढाकामा हुन गईरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगीतामा सहभागी हुने खेलाडी तथा अफिसरको एक कार्यक्रमकाबीच मंगलबार भक्तपुरमा बिदाई गरिको हो ।
उक्त समुहमा खेलाडी तर्फ शुरेस मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुस्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शसि पुलामी मगर र भुवन तामाङ्ग रहेका छन् ।
त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।
नेपालभरबाट छनोट भएकाले खेलाडीहरुलाई कुनैपनि सरकारी निकायको सहयोग विनानै आर्थिक व्यवस्थापन गरेको पठाईएको, जिल्ला खेलकुद विकाश समिति भक्तपुरका निर्वतमान अध्यक्ष दिपक थापाले भने ।
क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग
भक्तपुर । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यहिँ बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद रु. एक लाख सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको हो ।
हामीले सधै महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छौं, त्यो अनुसार बिरामी नानीलाई सहयोग गरेका हौं, महतले भने ।
बालिकालाई सहोग गर्न चाहानेले समिला लावती एभरेष्ट बैंकको खाता नं.०१२१०५०१२०००१२ मा रकम पठाउन सक्नु हुनेछ ।
औद्योगीक शान्ति नेपालले हाल चन्द्रगिरी नगरपालिकाको नैकापमा महोत्सव संचालन गरिहेको छ । अध्यक्ष महतका अनुसार उक्त महोत्सव बैशाख १९ गते सम्म संचालन हुनेछ । जहाँ दैनिक चर्चित गायक गायिका तथा अन्य कलाकारहरुको बेजोड प्रस्तुति भईहरको छ ।