माता तीर्थ औँसीको बहार आरम्भको केक आमालाई उपहार

84

भक्तपुर । माता तीर्थ औँसी बहार भन्दै आरम्भ बेकरी भक्तपुर सल्लाघारीले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ ।

वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन जुन दिन आफूलाई जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने उत्सवलाई आरम्भ बेकरीले विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै विभिन्न स्किम ल्याएको छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद आरम्भको केक सँग भन्दै भक्तपुर सल्लाघारी दुवाकोट मोडमा रहेको आरम्भ बेकरीले विभिन्न डिजाइन र स्वादमा केक उपलब्ध गराउने भएको छ ।

ताजा सफा एवं स्वादिलो केकका लागि ख्याति कमाएको आरम्भ बेकरीले आमाको मुख आरम्भको केक सँग भन्दै विभिन्न भराइटिको केकहरू उपलब्ध गराउन लागेको आरम्भका सञ्चालक रितम प्रधानले बताउनुभयो ।

भक्तपुरमा केकको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाएको आरम्भ बेकरीले वल्ड टाउन मार्फत केक उपलब्ध गराउने भएको छ ।

आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठुलो र अतुल्य हुने शास्त्रहरूमा पनि वर्णित छ । आमाको महत्त्व र आवश्यकतालाई आजको दिनले अझ धेरै दर्साउने गरेको छ । आमालाई आजको दिन मात्र होइन, हरेक दिन सम्मान गर्नु आवश्यकता रहेको छ भन्दै आमाको मुख हेर्ने दिन आफूहरूले आकर्षक केक उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

उहाँले भक्तपुर भर फ्री होम डेलिभरीका साथ केक उपलब्ध गराउँदै आएको समेत बताउनुभयो । माता तीर्थ औँसीको दिन पनि आफूहरू फ्री होम डेलिभरी गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।