चेतनामुलक आत्मरक्षा तथा सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

83

बनेपा ।
बनेपा नगरपालिका वडा नं १३ को आयोजनामा बालिकाहरुका लागि ३ दिने चेतनामुलक आत्मरक्षा र सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न आज भएको छ । कार्यक्रमको पहिलो दिन तालिम प्रशिक्षक एवम् बाल अधिकारकर्मी सुबोध धिमालले सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी बालिकाहरुलाई जानकारी प्रदान गर्नु भएको थियो । कार्यक्रमको दोश्रो र तेश्रो दिन आत्मरक्षा सम्बन्धी प्रशिक्षक, खेलाडी एवम् सामाजिक अभियन्ता पदमा खयरगोली (श्रेष्ठ), प्रशिक्षक एवम् खेलाडी रविन्द« श्रेष्ठ तथा प्रशिक्षक एवम् खेलाडी मन्दिरा शाक्यले बालिकाहरुलाई आत्मरक्षा भनेको के हो, कसरी आफुले आफैलाई सुरक्षित राख्न सकिन्छ, लगायतका कुराहरुबारे सैदान्तिक एव्म प्रयोगात्मक रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । बालिकाहरुलाई आत्मरक्षा सम्बन्धी विभिन्न प्रयोगात्मक सीप सिकाउदै कसैले दुव्र्यवहार गर्न खोजेमा कसरी बच्ने उपाय सिकाउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता वडा नं १३ का वडा अध्यक्ष रामलाल दुवालले गर्नु भएको थियो भने कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईको प्रमुख आतिथ्यता थियो भने वडा सदस्यहरु राजु श्रेष्ठ, लक्ष्मी मिजार, प्रशिक्षकहरु, वडा स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष सलिना खड्का, वडा सचिब सुबास रंजित, सहायक सचिब प्रमिला राई लगायतका अतिथि रहनु भएको थियो । काईक्रममा आफ्नो भनाई राख्दै प्रमुख प्रशासकीय अधिकृतज्युले आफुले सिकेका कुराहरुलाई आफ्नो विद्यालय, घर र समुदायमा पनि सिकाउन पर्ने बताउनु पर्ने भन्नु भएको थियो । कार्यक्रममा सहभागी सम्पुर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै वडा अध्यक्ष रामलाल दुवालले आगामी दिनहरुमा पनि वडाले यस्ता कार्यक्रम पुनः आयोजना गर्ने प्रतिबद्धता दिनु भएको छ । कार्यक्रम बाल अधिकारकर्मी एवम् प्रशिक्षक सुबोध धिमालले सञ्चालन गर्नुभएको थियो ।