अबदेखि प्रत्येक हप्ता विष्णुमती सरसफाइ अभियान सञ्चान गर्ने

72

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमति सरसफाई अभियानकै रुपमा सुरु गरेको छ । मेरिगोल्ड क्षेत्रबाट सुरु गरिएको अभियानलाई निरन्तरता दिन प्रत्येक हप्ताको शनिबार बिहान २ घण्टा सुन्दर नगर निर्माणको लागि जनश्रमदानबाट खोला सफाई अभियानमा जोड दिने प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरको सिंगो जनप्रतिनिधीको टिम, कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरि, स्थानीयबासी, विभिन्न क्लव तथा संघ÷संस्थाहरु, टोल विकास समिति, पातञ्जल योग समिति नेपाल, विष्णुमति महाअभियान, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, सरसफाई गर्ने संघ÷संस्थाहरु, राजनीतिक दल, नेपाल प्रहरि, सशस्त्र प्रहरि र नेपाली सेनाले सरसफाई कार्यमा जोडिएको छ ।
सरसफाई कार्यक्रमको लागि नगरपालिकाले वातावरण तथा विपद शाखामार्फत् कार्यक्रम अगाडी बढाएको छ । सरसफाई कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रकाश अधिकारीले आफ्नो पहिलो कार्यकालमा सुरु गरेको भएता पनि अब भने निरन्तरता दिने योजनाका साथ पुन सुरु गरिएको बताएका छन् । नगरलाई सफा सुन्दर बनाउनुका साथै स्वस्थ नगरबासी बनाउन सरसफाई अभियान सुरु गरेको जानकारी दिनुभएको छ ।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङले अब सफाईको नारा होइन, काम गरेर टोखाले देखाउने बताएका छन् । त्यस्तै पूर्व महिला बालबालिका मन्त्री थममायाँ थापाले विष्णुमती सफाई अभियानमा आफ्नो साथ र समर्थन रहेको बताउनुभयो । थापाले आपसmु पनि समय मिलेसम्म निरन्तर सफाईमा जोडिन चाहेको बताउनुभयो ।टोख
कार्यक्रममा विष्णुमति महाअभियानका संयोजक शोभाकान्त पाण्डेले आफ्नो पहलमा केही स्थानमा सरसफाई गरिरहे पनि समग्र स्थानमा सफाई हुन सकेको थिएन । पाण्डेले टोखा नगरपालिकाले नै यसको सुरुवात गरेकोमा नगरपालिकाको कार्यको खुलेरै प्रशंसा गरेका छन् ।
सफाई कार्यका लागि नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी आफैं खोलामा पसी सफाईमा खटिएका थिए । कार्यक्रममा जनप्रतिनिधिको टिम र कर्मचारीहरु, नेपाल प्रहरि, नेपाली सेना र नगर प्रहरिले साथ दिएका थिए ।
आगामी दिनमा वडा कार्यालयको छुट्टाछुट्टै टिमहरु पनि निर्माण गर्नुका साथै डोजर, भ¥याङ, बुट, बाक्लो खालका हाते पन्जा, मास्क र कैंची तथा हँसियाको व्यवस्थापन गर्नुपर्ने सरसफाई कर्मीहरुले बताएका छन् ।आगामी हप्ताबाट ६ः३० बजेबाट सरसफाई कार्यक्रम सुरु हुनेछ । हरेक हप्ता २ घण्टा सफाईमा जोडिन नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।