राशीफल

444

१७ जेठ २०७४, बुधवार  षष्ठी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर रहनाले काममा अबरोध आउने देखिन्छ । पढाई लेखाइमा प्रगति हुनेछ । नयाँ काम संचालनमा ल्याउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । सहयोगीहरूको भरपर्दा काममा रोकावट आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्य उपचारको लागि खर्च बढ्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनत गरेको काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । रोगबाट छुटकारा मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूको सहयोगमा रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । प्रयासहरु सकारात्मक रहनेछन । मन प्रसन्न रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । सामाजिक काममा समय बित्नेछ । सोचे भन्दा खर्च बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुराना समस्याले सताउने देखिन्छ । सोचेको आटेको काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा मिलेको विभिन्न अवसरले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । ब्यापार ब्यबसायबाट मनग्य धनलाभ हुनेछ । रोकिएका अधुरा काम बन्नाले उत्साह जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन, सचेत रहनुहोला । पढाई लेखाइमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।