चाँगुनारायण नगरपालिकाको नौला अभ्यास : वातावरण दिवसमा हरित प्रदर्शनी

74

० हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले हरित प्रदर्शनी २०८१ गरेको छ । विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाले वातावरण जोगाउने विधि र प्रविधिसहितको नौलो प्रदर्शनी गरेको हो ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख जीवन खत्रीले गमलामा पानी सिञ्चन गरि गरेका थिए । सो क्रममा उनले नगरपालिकालनई वातावरणमैत्री बनाउन लागेको बताए । नगर प्रमुख खत्रीले सबैको साथ र सहयोगले पालिकालाई प्रदूषणमुक्त बनाउन सकिने उल्लेख गर्दै त्यस निम्ति वायु गुणस्तर व्यवस्थापन कार्यविधि तयार गरिएको जानकारी दिए । वातावरण सम्बन्धी व्यवहारिक र प्रयोगात्मक रूपमा नगरवासीलाई जानकारी दिन पहिलोपटक हरित प्रदर्शनी मेला गरिएको चर्चा गरे ।
नगरपालिकाले ५२ औं विश्व वातावरण दिवसको अवसरमा गरेको हरित प्रर्दशनीनगर प्रमुख खत्रीले नगरपालिका देशभरमै वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना निर्माण गर्ने पहिला पालिका बनेको स्मरण गर्नुहुँदै सोही अनुरुप कार्यान्वयनको चरणमा अगाडि बढिरहेको बताए ।
नगर उपप्रमुख रमेश बुढाथोकीले नगरले विनियोजन गरेका लक्षित बजेटबाट सञ्चालित सिपमूलक तालिमलाई प्रवर्द्धन गर्नका लागि वातावरणrदिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए । प्रदर्शनी अवलोकनका साथै प्रदर्शनीमा राखिएका थाकलको ब्याग, सुतीको कपडा र अचार समेत खरीद गरेका उनले वातावरण जगेर्नाका लागि हरित अभियानमा नगरपालिका लागिरहेको बताए । उनले नगरपालिकाले विनियोजन गरेको लक्षित बजेट र कार्यक्रम अन्तर्गत वडागत रुपमा तालिम दिएका तालिमप्राप्त महिलाहरुले विभिन्न घरेलु सामग्रीको उत्पादन गरेकोमा आफू प्रभावित भएको समेत बताए । उनले नगरपालिकाले महिला, सिमान्तकृत तथा पिछडिएका वर्ग र क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै दिइएको तालिमसँगै सिपलाई बजारसँग जोड्ने अभ्यास अन्तर्गत सो प्रर्दशनी गरिएको जानकारी दिए ।

यससम्बन्धी विस्तृत खबर चाँगुपत्र साप्ताहिकमा पनि पढ्न सक्नुहुनेछ ।
प्रर्दशनीमा स्थानीय हस्तकलाका सामग्री, घरबुना लताकपडा, अचार, प्रांगारिक मलको बिक्री कक्ष राखेको थियो भने एन्फो, युएसएडलगायतका संघसंस्थाहरुले बढ्दो शहरीकारणमा पनि सन्तुलित वातावरणका लागि गर्न सकिने विभिन्न सचेतनामूलक प्रदर्शनी राखिएको थियो ।
नगरपालिकाका वास संयोजक सुरेन्द्र लामिछानेले वातावरण र जनस्वास्थ्य संस्था ( एन्फो) सँगको सहकार्यमा खानेपानी गुणस्तर र यातायात सवारीको प्रदूषण जाँच गरिएको जानकारी दिए । सो जाँच अन्तरगत नगरपालिकाका विभिन्न वडामा सञ्चालनरत खानेपानी उपभोक्ता समितिबाट वितरित खानेपानी र नगरपालिकाका विभिन्न ५७ वटा सवारीको चेकजाँच गरिएको थियो ।
चाँगुनारायण क्षेत्रको खानेपानी तथा सरसफाइा ३ वर्षे परियोजना सञ्चालन गर्दै आएको एन्फोका सिनियर प्रोग्राम अफिसर प्रशन्न प्रधानले नगरको सरसफाइ, पानी शद्धिकरणसँगै वायु प्रदूषण न्यूनीकरणमा पनि कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले बढ्दो शहरीकरणलाई ध्यान दिएर व्यवस्थित बस्तीका लागि सरसफाइ, खानेपानीको स्वच्छताबारे जनचेतनामूलक गतिविधिका साथ हरित प्रदर्शनीमा स्टल राखिएको बताए ।
सो प्रदर्शनीका लागि स्वच्छ हावा परियोजना र सर्वच परियोजनाले सहयोग गरेको आयोजकले जनाएको छ । सोही अवसरमा नेप्सेम्याक, विश्वास अभियान, एन्फो, बाल्ट्रा कम्पनीका साथै वडा नं. ५, ४ र २ का महिला समूहले लत्ताकपडा, खाद्यान्न तथा विभिन्न सफाइसँग सम्बन्धित स्टल राखेका थिए ।
प्रदर्शनीको नगरपालिका अन्तरगत विभिन्न वडाका जनप्रतिनिधि,  विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, स्वास्थ्यकर्मीका साथै आम नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।