को हुन् विश्वमा सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री र राष्ट्रपति

33

काठमाडौँ – सिंगापुरका प्रधानमन्त्री संसारमा सबैभन्दा धेरै तलब पाउने नेता हुन् । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले वार्षिक २२ लाख अमेरिकी डलर (२९ करोड ४६ लाख २४ हजार नेपाली रुपैयाँ)तलब पाउँछन् ।

हङकङका जोन ली का–चिउ विश्वमा सर्वाधिक कमाउने नेतामा दोस्रो स्थानमा छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले वर्षेनी ६ लाख ७२ हजार अमेरिकी डलर (८ करोड ९९ लाख ९४ हजार नेपाली रुपैयाँ) तलब थापिरहेका छन् ।

यो सूचीमा स्विट्जरल्याण्ड तेस्रो स्थानमा छ । स्वीस प्रधानमन्त्रीले हरेक वर्ष ४ लाख ९५ हजार अमेरिकी डलर (६ करोड ६२ लाख ९० हजार नेपाली रुपैयाँ) तलब थाप्छन् ।

यो सूचीको चौथो स्थानमा अमेरिकी राष्ट्रपति छन् । जो बाइडेनले वर्षेनी तलबका रूपमा ४ लाख अमेरिकी डलर (५ करोड ३५ लाख ६८ हजार नेपाली रुपैयाँ) तलब लिइरहेका छन् । यसबाहेक उनीलाई बस्नका लागि ह्वाइट हाउस दिइएको छ भने उनलाई एयर फोर्स वन जस्ता सुविधा पनि दिइएको छ ।