कोन्ज्योसोमको बजेट ४४ करोड ५१ लाख

22

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ४४ करोड ५१ लाख ५२ हजार रुपियाँको बजेट गाउँसभामा प्रस्तुत गरिएको छ । सोमबार सुरु भएको कोन्ज्योसोम गाउँपालिकाको १४ औँ गाउँ अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाकै ज्येष्ठ नागरिक १०१ वर्षीय ठुली सिलवालले उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका र अन्तर्गतका कार्यालयका उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र, छात्रवृत्ति पाउने विधार्थी, सम्मानीत हुने खेलाडीहरुलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, कर्मचारी सेवा,शर्त र सुविधा सम्बन्धी विधेयक ,न्यायिक समितिको प्रतिवेदन, विनियोजन बिधेयक, गाउँपालिकाको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन समेत सभामा प्रस्तुत गरी छलफल, सुझावहरुसहित सर्वसम्मत रुपमा पारित भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।