यौनको सन्दर्भमा सबैभन्दा खोजीनीति गरिने अनि बहस गरिने विषय भनेको के हो त भन्दा- ‘यौनबाट कसले बढि आनन्द लिन्छ? महिला या पुरुष?’
यो प्रश्नमा महिला र पुरुष दुवैको जवाफ आत्मउन्मुख हुने गर्दछ। पुरुषहरूले आफूलाई बढि आनन्द हुने दाबी गर्छन् भने महिलाहरू पनि आफैलाई बढि आनन्द हुने दाबी गर्छन्। फेरि कैयौँ यस्ता पनि हुन्छन् जसले ठ्याक्कै उल्टो दाबी गर्छन्।
तर, विभिन्न धर्मले पनि यो विषयमा आ-आफ्नै उत्तर दिएका छन्। यस्तै शिलशिलामा महाभारतमा एक रोचक प्रसङ्ग उल्लेखित पाइन्छ।
महाभारत प्रसङ्ग
जब भिष्म आफ्नो मृत्युशय्यामा प्राण त्याग्ने तरखरमा थिए, त्यतिबेला युधिष्ठिरले उनलाई एक विचित्रको प्रश्न गरे- “यौन आनन्द कसले बढि प्राप्त गर्छ? महिला या पुरुष?”
युधिष्ठिरको यस्तो असामयिक प्रश्नमा भिष्मले भने- “कसले बढि आनन्द पाउँछ भनेर भन्न त मुश्किल नै पर्छ। यसको लागि तिमीले महिला अनि पुरुष भएर दुवैको अनुभव पाएको हुनुपर्छ।”
“के त्यस्तो प्राणी पनि हुन्छ र?” भनि युधिष्ठिरले चाख मान्दै सोधेपछि भिष्मले ‘भाङ्गश्वना’को कथा सुनाउन थाले।
भाङ्गश्वना जन्मिँदा पुरुष भएर जन्मिएका थिए र उनका थुप्रै छोराहरू पनि थिए। एकदिन उनले इन्द्रदेवलाई क्रोधित बनाएपछि, इन्द्रले उनलाई स्त्रीमा परिवर्तन गरिदिए। स्त्री भएर पनि भाङ्गश्वनाले थुप्रै छोराछोरीहरू जन्माए। मतलब उनले दुवै पुरुष र महिला भएर यौन आनन्द अनुभव गर्न पाए। उनले भनेका थिए कि पुरुषले भन्दा महिलाले बढि यौन आनन्द पाउँछन्।
ग्रीक संस्कृतिको पौराणिक कथाप्रसङ्ग
ग्रीक संस्कृतिको एक ग्रन्थमा पनि यसै विषयसम्बन्धि एक कथाप्रसङ्ग उल्लिखित पाइन्छ।
एकदिन ओलम्पियनका राजा-रानी ‘ज्यूज र हीरा’को बीचमा विवाद पर्यो- “यौन आनन्द कसले बढि पाउँछ?”
यसैबीच, ‘टाइरेसियस’ नाम गरेका एक साधु बाटोमा हिँड्दै गर्दा झुक्किएर बरालिएको सर्पजोडीको पोथी सर्पलाई मार्न पुगे र श्रापको कारण महिलामा परिणत हुनुपर्यो। त्यसपछि उसले बाँकी रहेको भाले सर्पलाई पनि मार्यो भने फेरि पुरुषमै परिणत हुन सकिन्छ भनेको सुनेपछि त्यो भाले सर्पलाई पनि मारे र फलतः ऊ पुरुषमा परिणत भए। त्यसबीचको समयमा उनले महिला र पुरुष दुवै भएर यौन सम्पर्कमा संलग्न भएका थिए।
बहस गरिरहेका ज्यूज र हीराको बीचमा कुराको टुङ्गो नलाग्ला जस्तो भएपछि ज्यूजले टाइरेसियसलाई बोलाए र सोधे- “ल तिमी नै भन टाइरेसियस! कसले बढि आनन्द पाउँछ?”
टाइरेसियसको उत्तर थियो- “महिलाले!”
तथापी;
‘आनन्द’लाई परिभाषीत गर्नुपर्दा अलि जटिल बन्न जान्छ। किनभने मानवको कल्पनाशक्ति अनि मनोभावले यौन-आनन्दको परिभाषालाई पनि फराकिलो बनाइदिन्छ। महिलाको शरीरलाई राम्रोसँग देख्न नपाएका पुरुषहरू महिलाको खुट्टा देख्दा पनि उत्तेजित हुने गर्छन्। त्यसैले गर्दा नै कसले बढि आनन्द पाउँछन् भन्ने कुरोको चुरो पत्ता लगाउनको लागि भिष्मले भनेजस्तै दुवैको अनुभव पाएको हुनुपर्दछ। नत्र भने यस विषयको विवादबाट कहिल्यै उम्किन सकिँदैन।