शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भक्तपुर घाेषणापत्र जारी

51

भक्तपुर । उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित भक्तपुरकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भक्तपुर घाेषणापत्र जारी गरिएको छ ।
भक्तपुरका चारवटै नगरपालिकाका शैक्षिक सराेकारवालाहरूले जिल्लाकाे शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिवद्दताका साथ साझा घाेषणापत्र जारी गरेका हुन् । शिक्षा विकास तथा समन्वय इकाईकाे आयाेजनामा भएकाे प्रअहरूसँगकाेे अन्तरक्रियामा सहभागी प्रधानाध्यापक, नगर शिक्षा शाखा प्रमुख, संस्थागत विद्यालयका प्रतिनिधि तथा सञ्चारकर्मीलगायतले शैक्षिक उत्कृष्टताका लागि सामूहिक रूपमा घाेषणापत्र जारी गरेका हुन् ।

घाेषणापत्रमा ११ वटा वुंदा र ४ अनुसूचीहरू रहेका छन् । कार्यक्रममा शिक्षा तथा मानव स्राेत विकास केन्द्रका उपमहानिर्देशक वसन्त काेइरालाले सरकारले शैक्षिक गुणस्तर बढाउन विभिन्न शैक्षिक कार्यक्रमलाई अघि बढाइरहेको बताए । उनले शिक्षा सुधारका लागि सामूहिक प्रतिवद्दताका साथै प्रधानाध्यापककाे कुशल नेतृत्व जरुरी देखिएकाेमा जाेड दिए ।
उनले भक्तपुरकाे समन्वय इकाईले शैक्षिक सुधारका लागि असल अभ्यास गरि शैक्षिक सराेकारवालाहरूलाई प्राेत्साहित गरेको उल्लेख गर्दै सरकारले अब्बल विद्यालयलाई मात्र नभई कमजोर विद्यालयलाई लक्षित गरि कार्यक्रम तय गरि कार्यान्वयन गर्न लागिएको बताए ।
कार्यक्रममा आयाेजक इकाईका प्रमुख कमला ज्ञवालीले शिक्षाले सकारात्मक ज्ञानका साथै सीप सिकाउने ज्ञान दिनुपर्नेमा जाेड दिँदै आत्मनिर्भर बनाउनका लागि उद्यमी बन्ने चेतना दिन जरूरी रहेकाे बताइन् । उनले विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागि चरित्र विकाससम्बन्धी ज्ञान दिनका लागि अनुरोध गर्दै शिक्षालाई व्यवहारसँग जाेड्न सके शिक्षा गुणस्तरीय बन्दै जाने धारणा राखिन् ।भक्तपुर टाइम्सको सहयोगमा