प्रतिनिधिसभा सदस्य दुर्लभ थापालाई मातृ शोक

88

भक्तपुर । प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृ शोक परेको छ ।

 भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको ममतामयी माता अम्बिका थापाको बिहीबार बिहान मध्यपुर अस्पतालमा  निधन भएको छ ।

उपचारको क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उहाँको  पार्थिव शरीरलाई आर्यघाटमा दाह संस्कारका गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।