भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनी सिन्धुली गोलन्जोर गाउँपालिका–५ घर भएका ३८ वर्षीय युवा हुन् ।
श्रेष्ठले ती बालिकालाई कमलबिनायक बसपार्कस्थित शौचालय नजिक शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।