कोन्ज्योसोममा गाउँ गौरवका आयोजना सञ्चालन हुने

27

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ सञ्चालन हुने गाउँ गौरवका आयोजनाहरु विस्तार गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाले हाल क्रमागतरुपमा रहेको शंखुमा दश शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, मगरगाउँ मावि प्राविधिक विद्यालय छात्राबास निर्माण, कान्छाकाजी सिकारीका घरदेखि वतिस्योम हुँदै वासुकीसम्म सडक स्तरोन्नती क्रमागत आयोजनालाई निरन्तता दिने, त्यस्तै बुर्चेको मोडदेखि भट्टेडाँडाँ ड्यामसम्म सडक स्तरोन्नती तथा कालोपत्रे योजनालाई गाउँ गौरवको योजनामा पारेको छ ।
त्यस्तै शंखु छोर्तेन निर्माण, कार्य गोठभञ्ज्याङ्ग मावि भवन निर्माण, लोप्चन टोलदेखि गाउँपालिकाको कार्यालय हुँदै देउरालीसम्म मोटरबाटो स्तरोन्नती गर्ने योजना गाउँपालिकाले बनाएको छ । उक्त योजनालाई पूर्णरुपमा कार्यान्वयन गरी विकास निर्माणको कामलाई तीव्रता दिने नीति गाउँपालिकाले बनाएको कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।