नेसनल प्याव्सनको हिज्जेमा क्रमश मदरल्याण्ड, ईडेन, सेन्ट जोन

32

भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं २ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक-९ भक्तपुरमा रहेको मदरल्याण्ड स्कुल विजेता भएको छ ! त्यस्तै गरी द्धितीय स्थान ईडेन गार्डेन स्कुल, तृतीय स्थान सेन्ट जोन स्कुल र सान्त्वना स्थान यूनिटी स्कुलले प्राप्त गर्न सफल भएको छ ।


आधारभूत तहको उक्त प्रतियोगितामा १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ! पहिलो चरणमा १० वटा स्कुलको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय मदरल्याण्ड, सेन्ट जोन र एसएस सदन त्यसै गरी दोश्रो चरणमा ९ वटा विद्यालयको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय ईडेन गार्डेन, यूनिटी र ग्लीटर फ्युचर स्कुल गरी ६ वटा स्कुलका टिम फाइनल चरणमा प्रतिस्पर्धा गरेको जानकारी आयोजक स्कुल ऋतम्भरा पाठशालाको शिक्षक तथा कार्यक्रम संयोजक अनिश खत्रीले जानकारी दिनु भयो ।


ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीको सभापतित्व तथा चाँगुनारायण नगरपालिका २ का वडाध्यक्ष सोम प्रसाद प्रधानको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि चानपा शिक्षा शाखा प्रमुख दिनेश अर्याल, नेसनल प्याव्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड्का र नेसनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का लगाएतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो !
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रम आफ्ना सदस्य विद्यालयहरुलाई आयोजना गर्ने जिम्मा दिएको छ !