ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ पूर्व मन्त्री चौधरी

15

इटहरी । पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगवती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् ।

नेकपा एमाले बर्जू गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । सुनसरी क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेता चौधरीले राम्रो काम गर्नेहरूलाई अवसर दिनुपर्ने बताइन् । पार्टीलाई लगानी गर्न सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । लगानी भनेको पैसा मात्रै होइन । समय पनि दिन सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ, पूर्व मन्त्री चौधरीले भने, नेतृत्व पनि हस्तान्तरण गर्दै जाओस् । किनभने गाउँ गाउँमा नयाँ नेतृत्व स्थापित हुनुपर्छ । एक जना भगवती चौधरी मात्रै नेता बनेर हुँदैन । भगवती चौधरी जस्ता धेरै व्यक्तिहरू उत्पादन हुनुपर्छ ।

छरिएर रहेका र ग्रासरूटमा रहेका नेतृत्वको पनि खोजी गर्नुपर्ने उनको भनाई थियो । तल्लो कमिटीमा छोटो अवधि राख्नुको कारण नै नेतृत्व हस्तान्तरण गर्दै जाने उद्देश्य रहेको नेता चौधरीले बताए ।

यसै गरी पूर्व मन्त्री चौधरीले महिला, लैङ्गिक समानताको पक्षमा काम गर्न तालिम, प्रशिक्षणको व्यवस्था गरिएको बताए । आफू छोटो समय मन्त्री बने पनि बढी भन्दा बढी महिला, ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने कोसिस गरेको उनको भनाई थियो ।

अर्को प्रसङ्गमा मन्त्री चौधरीले स्थानीय क्षेत्रमा पनि पर्यटकीय विकासका निम्ति सबैले पहल गर्नुपर्ने बताए । उनले भने, हामीले पर्यटकीय विकासका निम्ति बजेट, योजना ल्याउँछौँ । तर त्यहाँ गरिए खर्चले प्रतिफल दिने गरी अन्य आवश्यक कामहरू पनि गर्नुपर्छ । हामीले विभिन्न संरचनाहरू निर्माण गरेका छौँ । ती संरचनाहरूलाई पनि कसरी प्रयोग गर्ने त्यसको लेखाजोखा गर्न आवश्यक छ ।ु

आफू महिला मन्त्री हुँदा छोरी आत्मनिर्भर कार्यक्रमको अवधारणाले ल्याएको भन्दै उनले त्यो कार्यक्रमले छोरी(बुहारीलाई आत्मनिर्भर बनाउने बताए । प्रत्येक वडामा केही गर्न चाहने छोरी(बुहारीहरूका निम्ति २ लाखको दरले बिउ पुँजी दिने । जसलाई तालिम पनि दिने । जसको कारणबाट हाम्रा छोरी(बुहारीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्, पूर्व मन्त्री चौधरीले भने ।